नियम
सेवामा रहने समूह, श्रेणी र पद

(१) सेवामा कामको प्रकृति, सो काम सम्पादन गर्न चाहिने न्यूनतम शैक्षिक योग्यता र कार्य विशिष्ठता समेतको आधारमा सेवाभित्रको समान प्रकृतिका
पदहरु समावेश भएका अनुसूची–१ बमोजिमका समूहहरु रहने छन् ।
(२) सेवामा देहायका श्रेणीहरु रहनेछन् ः–
(क)राजपत्रांकित
(१) विशिष्ट श्रेणी,
(२) प्रथम श्रेणी,
(३) द्वितीय श्रेणी र
(४) तृतीय श्रेणी ।धधध।बिधअयmmष्ककष्यल।नयख।लउ
द्द
(ख)राजपत्र अनंकित
(१) प्रथम श्रेणी,
(२) द्वितीय श्रेणी,
(३) तृतीय श्रेणी र
(४) चतुर्थ श्रेणी ।
(३) सेवाको विशिष्ट श्रेणीमा नेपाल सरकारले तोके बमोजिमका पदहरु रहन
सक्नेछन् ।
(४) विभिन्न समूहमा रहने श्रेणीका र श्रेणी विहिन पदहरु अनुसूची–२ बमोजिम
हुनेछन् ।
(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि राजपत्रांकित प्रथम
श्रेणीको महानिर्देशक पद समूहीकृत हुने छैन र त्यस्तो पदमा जुनसुकै समूहका कर्मचारीको
सरुवा वा पदस्थापना हुन सक्नेछ ।
(६) उपनियम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपनियम बमोजिमको
समूहीकृत नहुने पदमा सरुवा वा पदस्थापन भएको कर्मचारी निजको सम्बन्धित समूहको पदमा
सरुवा हुन सक्नेछ ।
(७) उपनियम (५) बमोजिमको पदमा बहाल रहेको कर्मचारी माथिल्लो श्रेणीको
पदमा बढुवा भई वा सेवाबाट अवकाश भई आफ्नो पदमा नरेहमा निजको सम्बन्धित समूहको
पद रिक्त भएको मानिनेछ ।